भन्सार विभागविरुद्ध आन्दोलन रोकिँदैनः रञ्जु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले बुधबार छैठो काठमाडौंको त्रिपुरेश्वर स्थित भन्सार विभाग घेराउ तथा धर्ना दिएको छ । भन्सार कानुनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको लूटकारी प्रावधानको व्यवस्था हटाउनुपर्ने लगायतका माग गर्दै मञ्चले भन्सार विभाग घेराउ एवं धर्ना दिदै आएको छ ।

भन्सार कानूनमा रहेको लुटकारी व्यवस्थाको विरुद्धमा आजपाले चौथो चरण अन्तरगतको कार्यक्रम अनुसार भन्सार विभाग घेराउ तथा धर्ना दिएको हो । आफूहरुको माग सम्बोधन नभएसम्म घेराउ एवं धर्नाको कार्यक्रम जारी रहने आन्दोलनकारीले जनाएका छन् ।

आम सम्पर्क मञ्चले भन्सार नियन्त्रणको नाममा तराई÷मधेस क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न तथा भन्सार कानुनमा रहेका सम्पूर्ण विभेदकारी एवं लूटकारी प्रावधान हटाउन भन्सार बिभाग मार्फत सरकारसंग माग गरेको छ ।

आजपा निकटको भन्सार कानून सुधार संघर्ष समितिकी संयोजक रञ्जु साहले भन्सार नियमावलीमा रहेको परिच्छेद–१० को पुरस्कार सम्बन्धि सम्पूर्ण प्रावधान हटाउनुपर्ने, कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट अनावश्यक प्रावधान हटाउनुपर्ने बताईन् ।

यस्तै भन्सार महशुल नबुझाएकै कारण निजि सम्पति जफत गर्ने व्यवस्थाको सट्टा भन्सार नबुझाएमा उचित दण्डको व्यवस्था गर्नुपर्ने, प्रत्येक व्यापारिक नाकाहरुमा भन्सार कार्यालय स्थापना तथा स्तरवृद्धि गर्नुपर्ने, घरायसी प्रयोजन र व्यापारिक प्रयोजनका वस्तुहरुको पहिचानको स्पष्ट व्यवस्था गरी घरायसी प्रयोजनको लागि ल्याइने उपयोग्य वस्तुहरुमा कुनै भन्सार कर नलाग्ने व्यवस्था गर्नुपर्ने माग आजपाले गर्दै आएको छ ।

भन्सारबाट उठेको राजस्व रकमको २५ प्रतिशत सम्बन्धित प्रदेशलाई र २५ प्रतिशत सिमा संग जोडÞिएका पालिकाहरुलाई दिने व्यवस्था गर्नुपर्ने लगायतका माग आजपाको छ । आजपा अध्यक्ष एवं सांसद प्रभु साहले मुलुक सञ्चालनको प्रमुख आम्दानीको स्रोत भन्सार राजस्व देशको समृद्धिका लागि सदुपयोग होस् भनी पार्टीले निरन्तर खबरदारी गर्दैआएको बताए ।

उनले सरकारी खर्च पारदर्शी हुनुपर्ने, भन्सार छलीका सामान जफत गर्ने कर्मचारीको नाम सार्वजनिक गर्नुपर्ने, राजस्वबाट व्यक्ति मोटाउने र राज्य दुब्लाउने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गर्दै देश विकासका निम्ति त्यस्तो प्रवृत्ति अन्त्य हुनुपर्ने माग गरे । उनले नेपाल–भारत खुला सिमानाका कारण हुनसक्ने अवैध ओपासपोसार रोक्न र भन्सार राजस्व वृद्धि गर्न अन्य स्थानमा पनि भन्सार कार्यालय खोल्न र भन्सार व्यवस्थापनलाई चुस्त तुल्याउनुपर्नेमा जोड दिए ।

भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्नुपर्ने, भन्सार कानुनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको लूटकारी प्रावधान हटाउन झण्डै ६ महिना देखि आजपाले निरन्तर संघर्ष गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दिनभर छलफल तर जुटेन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले भत्कायो एमालेको गढ, खैरहनीको मेयरमा कांग्रेसका खनिया निर्वाचित