युरो २०२४: जर्मनी र स्वीटजरल्यान्ड क्‍वार्टरफाइनलमा

जर्मनी र स्वीटजरल्यान्ड युरोपेली च्याम्पियनसिप २०२४ को क्‍वार्टरफाइनलमा प्रवेश गरेका छन् । राउन्ड अफ १६ को खेलमा डेनमार्कलाई हराउँदै जर्मनी र इटालीलाई हराउँदै स्वीटजरल्यान्डले क्‍वार्टरफाइनलमा आफ्नो स्थानलाई पक्का बनाएका हुन् । जर्मनीले डेनमार्कलाई २–० र स्वीटजल्यान्डले इटालीलाई पनि २–० ले पराजित गरेका हुन् ।

जर्मनीको डर्टमुन्डस्थित सिग्नाल इडुना पार्कमा प्रतिस्पर्धात्मक खेलमा डेनमार्कले दोस्रो हाफमा गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड दिए । जोआकिम एन्डरसनको प्रहारअघि अफसाइड भएको भन्दै सो गोलले मान्यता पाएन ।

त्यसको पाँच मिनेटमै अर्कोतर्फ एन्डरसनकै ह्यान्डबलमा जर्मनीले पेनाल्टी पायो । काइ हाभर्ट्जले पेनाल्टीमा गोल गर्दै खेलमा जर्मनीले १(० ले अग्रता लियो । त्यसपछि जमाल मुसियालले ६८ औं मिनेटमा गोल गर्दै जर्मनीले आफ्नो जितलाई पक्का गर्‍यो ।

यता, स्वीजरल्याण्डको जितमा रिमो फ्रेउलेर र रुबेन भार्गासले एक एक गोल गरेका थिए । योसँगै युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली यस बर्षको युरोकपबाट बाहिरिएको छ । अब क्वाटरफाइनलमा स्वीजरल्याण्डले इङल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्ने छ ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रविलाई महामन्त्री ढकालको प्रश्न- बोलेका कुरा कहिले पुरा गर्नुहुन्छ ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रचण्ड र देउवाले आज जनकपुरमा सम्बाेधन गर्ने