सुनैना ठाकुर : महिलाका पीडालाई चित्रमा उतार्दैछिन्

काठमाडौं । कोभिड– १९ ले सिंगै विश्व ठप्प बनायो । ठूला अर्थतन्त्र भएका मुलुक त शिथिल बनेको बेला नेपाल अछुतो रहने कुरै भएन । विशेष त भारतीय सिमा जोडिएका क्षेत्रमा कोरोनाको कहर अझै बढी छ ।

पहिल्यैदेखी मधेशी समुदायमा जन्मिएका महिलाहरुलाई आर्थिक उपार्जनमा जोड्दै आएकी कलाकार सुनैना ठाकुरले यसपाली चित्रकला महिलाका पीडा प्रस्तुत गरिन् ।

‘लकडाउनमा म पनि घर भित्रै बसेँ तर, विनाकाम घरमै रमाउन सकिन कोरोना संक्रमणमा महिलाहरुले भोगेका पीडालाई क्यानभासमा उतारेँ ।’ सुनैनाले भनिन् ।

महोत्तरीको जलेश्वर नगरपालिकास्थित आफ्नै गाउँमा रमाइकी रहेकी सुनैनाले लकडाउन अवधिमा गर्भवती महिला, बालबालिकाहरु र मजदुरको पीड़ालाई चित्रकलामा उतारेकी छिन् ।

मधेशमा जन्मेकी सुनैनाले केबल चित्र कोर्न मात्रै काम गर्दिनन् । घुम्टोभित्रै जेलिएर घरभित्रै थुनिएका थुपै्र महिलाहरुलाई सिर्जनाको रंगीन संसारमा आउन बाटो देखाएकी छिन् । आफ्नो यो कदममा श्रीमान शम्भू ठाकुरले गरेको सहयोग कहिल्यै भुल्दिनन्

‘गर्भवती महिला यसै पनि पीडामा हुन्छन्, कोरोना संकटमा उनीहरु थप त्रासमा रहे त्यहि कुरा मैले क्यानभासमा उतारेँ ।’ सुनैनाको भनाई थियो ।

कोरोना संकटबाट जब पहिलो पटक सुत्केरी महिलाको मृत्यु भयो । उक्त घटनाले कतिपय गर्भबती महिलाहरुमा मानसिक त्रास बढेको अनुभव गरिन् सुनैनाले ।

कतिपय अस्पतालले कोरोना आशंकाको बहानामा सुत्केरी व्यथा लागेर अस्पताल पुगेका व्यक्तिलाई उपचार गर्नै मानेनन् । फोन गरेर बोलाउदा एम्बुलेन्स आउन नमानेको घटना त कति हो कति ।

जब मुलुकमा लकडाउन घोषणा भयो । सार्वजनिक यातायात ठप्प भयो । काम विषेशले यता उती लागेका महिला उतै थुनिए । जहाँ पुगेका थिए सँधै त्यहि बस्न सम्भव थिएन । कतिपय महिलाले हिंडेरै गन्तव्यमा पुग्ने प्रयाश गरे र सो क्रममा महिलाहरुले हिंसाको सामाना समेत गर्नु प-यो । सुनैना भन्छिन् ‘महिलाहरुले भोगेको यो कहरलाई दस्तावेजको रुपमा राख्नका लागि पनि तिनै महिलाको पीडा समेटेर चित्र कोर्न थालेँ ।’

सुनैनाको अनुभवले भन्छ ‘सामाजिक दुरी कायम गर्नुपर्ने वाध्यताले कोही कसैको घरमा जान नपाइने भयो । आफ्नो घरमा त्यो पनि कतिपय अवस्थामा एकान्त बस्नुपदा कतिपय महिलाले ज्यान समेत गुमाए ।’ विभिन्न सञ्चारमाध्यम मार्फत महिलाका यीनै समस्यावारे अनुसन्धान गरिरहेकी सुनैनाले ति पिडित महिलाका दुःखलाई चित्रमा उतारेकी छिन् ।

मधेशमा जन्मेकी सुनैनाले केबल चित्र कोर्न मात्रै काम गर्दिनन् । घुम्टोभित्रै जेलिएर घरभित्रै थुनिएका थुपै्र महिलाहरुलाई सिर्जनाको रंगीन संसारमा आउन बाटो देखाएकी छिन् । आफ्नो यो कदममा श्रीमान शम्भू ठाकुरले गरेको सहयोग कहिल्यै भुल्दिनन् ‘यदि मेरो श्रीमानले मलाई सहयोग गर्नु भएको थिएन भने म आज यो स्थानमा आउन सक्दिन थिएँ ।’ उनले भनिन् ।

जापान, अमेरिका, बांगलादेश लगायत दर्जनौँ विदेशी भूमिमा पुगे आफ्ना सिर्जना प्रस्तुत गरेकी सुनैनाले दर्जनौ अन्तराष्ट्रिय पुरस्कार पाएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 528 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुटवलमा गठबन्धनले गरेकै स्थानमा आज ओलीको आम सभा