कांग्रेस प्रतिनिधिमण्डल भाजपा मुख्यालयमा

काठमाडौं । भारत भ्रमणमा रहहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले शुक्रबार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का नेताहरूसँग द्विपक्षीय वार्ता गरेको छ ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा सांसदहरू उदयशम्शेर राणा र अजय चौरासियाको तीन सदस्यीय प्रतिनिधिमण्डल भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा छ ।

शुक्रबार भाजपा मुख्यालयमा पार्टीका महासचिव डा. अरुण सिंह, कार्यकारिणी सदस्य डा. अनिरबान गांगुली, दार्जिलिङका लोकसभा सांसद राजु विष्टसहित विदेश विभागका प्रमुख विजय चौथाइवालेसँग दुई राजनीतिक दलबीच सम्बन्ध बढाउने विषयमा छलफल भएको भाजपाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 125 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरीबन्धु टि–इस्टेट प्रकरणः हदबन्दी बढीको जग्गा तत्काल सरकारको नाममा ल्याउनु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे ताताेपानीमा माओवादीबाट प्रमुखमा सुरेश र उपप्रमुखमा सिमा काे मनाेनयन दर्ता