कर्णाली नदीमा डाेजर खस्दा २ जनाकाे मृत्यु, ३ बेपत्ता ३ घाइते

कालिकोट । कर्णाली करिडोर स्थित रेगिल सडकखण्डमा स्काई भेटर डाेजर पल्टिदा २ जनाकाे मृत्यु भएकाे छ । फुकाेट कर्णाली हाइड्रो पावरकाे सुरूङ मार्गमा काम गर्दै गरेकाे डाेजर कर्णाली नदिमा खसेकाे हाे ।

दुर्घटनामा २ जनाकाे मृत्यु भएकाे छ भने ३ जना गम्भीर घाइते छन् । ३ जना नदिमा बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ । डोजर दुर्घटनामा सान्नित्रिबेणी १ का अन्दाजी १७ बर्षका चरित्र बिक र सान्नित्रिबेणी १ का अन्दाजि १४ बर्षका युवाराज बुढको मृत्यु भएको छ । दुर्घटनामा परी सान्नित्रिबेणी १ कै नर गीरीका छोरा उमेस गीरी , सान्नित्रिबेणी १ का रक्तिम बिक अछाम घरभई डोजर चालक रहेका कमल सोडारी बेपत्ता रहेका छन ।

डोजरमा रहेका रास्कोट नगरपालिका ७ का मिलन शाही गम्भीर घाइते छन् । घाइतेरूकाे जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेकाे छ । बेपत्ताकाे खाेजि कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय का प्रवक्ता सुभराज बमले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 595 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने