गोर्खा वारियरको अन्तर्राष्ट्रिय प्रिमियर लन्डनमा सम्पन्न

काठमाडौं । हलिउड फिल्मको प्रिमियर हुने संसारकै महँगो स्थान लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमामा अन्तर्राष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’को लन्डनमा ऐतिहासिक रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकबाट सफलताको शुभकामना पाएको यो चलचित्रलाई मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्रको प्रिमियर’bout उनले भने, ‘बेलायतको समयअनुसार आइतबार दिउँसो १२ बजेबाट २ बजेसम्म रेकड कार्पेट इभेन्ट भयो भने त्यसपछिबाट आइम्याक्स सिनेवल्र्डमा करिब ४५ मिनेट औपचारिक कार्यक्रम भयो । त्यसपछि चलचित्र गोर्खा वारियरको प्रदर्शन सुरु भएको थियो ।’ उनले अगाडि थपे, ‘मैले २० वर्षअघि देखेको यो सपना ऐतिहासिकरूपमा आज यो प्रतिष्ठितस्थलमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम मैले सोचेभन्दा धेरै सफल भएकोमा साह्रै खुसी छु ।’

यो प्रिमियरको विशिष्ट अतिथिमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र अर्याल, शसस्त्र प्रहरी बलका पूर्वप्रहरी महानिरीक्षक तथा वरिष्ट गीतकार शैलेन्द्र खनाल ‘शरद’, विशेष अतिथिमा हलिउडको फिल्म मिसन इम्पोसिवलका निर्माता टोमी ग्रोम्ली, हलिउडका पाईनहुड स्टुडियोका प्रमुख एन्डरु स्मिथ, अपरेसन म्यानेजर म्याट हाटकिन थिए । यस्तै, अतिथिमा नेपालबाट नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, महासचिव अरुणकुमार प्रधान, निर्माता निर्देशक सन्तोष सेन, अभिनेता प्रेम पुरी, ओएसआर डिजिटलका अध्यक्ष एवं चलचित्र व्यवसायी ओम अग्रवालगायत थिए । सो चलचित्रका अभिनेता रितेश चाम्स, अभिनेत्री रेविका गुरुङ, संगीतकार एलिश कार्की, निर्माताहरू सहभागी भएको पनि निर्देशक चाम्सले बताए । बेलायतमा रहेका चलचित्र निर्देशक डा. कपिल रिजाल, सनमकुमार बैराग, अभिनेता धु्रव दत्त, मनिषकुमार श्रेष्ठसहित विभिन्न नेपाली चलचित्रकर्मी, संगीतकर्मी र नेपाली तथा बेलायती मोडल, ब्रटिस गोर्खा सैनिकका विभिन्न अफिसर तथा बेलायतमा रहेका विभिन्न नेपाली संघसंस्था र कूटनीतिक नियोगका पदाधिकारीको पनि सहभागी भएको मिलनले बताए ।

रेक कार्पेट इभेन्टमा ब्रिटिस आर्मीका मेजरको कमाण्डमा ब्रिगेड ब्यान्डले चलचित्र गोर्खा वारियरको गीतसहित विभिन्न गीतको धुन प्रस्तुत गरेर प्रिमियरमा आगन्तुकलाई स्वागत गरेको थियो ।

चलचित्र हरेपछि अतिथिहरूले गोर्खा वारियर’bout साह्रै राम्रो प्रतिक्रिया पाएको निर्देशक चाम्सले बताए, ‘उहाँहरूको सकरात्मक तथा ऊर्जावान् प्रतिक्रिया सुनेर म हर्षले विभोर भएँ । अब यो चलचित्रको सिक्वेल कहिले बनाउने भनेर धेरैले जिज्ञासा राख्दै हामीलाई सिक्वेल बनाउने पे्रेरणासमेत दिनुभएको छ ।’ यो चलचित्रको अन्तर्राष्ट्रिय बिक्रीवितरणका लागि पनि विभिन्न डिस्ट्रिब्युटरले चासो देखाएको उनले बताए ।

गोर्खा वारियरको अरू आधा दर्जन सोको माग आएकाले बेलायतमा यो महिनाभरि विशेष प्रिमियर गरिने पनि चाम्सले बताए । अहिले अन्य देशबाट पनि यो चलचित्रको प्रिमियरको माग भएको उनले बताएका छन् । चलचित्र गोर्खा वारियरलाई नेपालमा आगामी फागुन वा चैतमा नेपालसहित विश्वव्यापीरूपमा रिलिज गर्ने लक्ष्य रहेको पनि निर्माता निर्देशक चाम्सले जानकारी गराए ।

चलचित्र गोर्खा वारियार नेपाली, अंग्र्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने भएको छ । यो सिनेमाको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ ।

यो चलचित्रमा रितेश चाम्सले अभिनेताका रूपमा डेब्यु गरेका छन् । उनीसँगै यसमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवं सहनिर्मातामा सुरेश राई रहेका छन् ।

यो चलचित्रमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा धामी