‘डिग्री माइला : एमए थर्ड क्लास’ को शुभ–मुहूर्त

काठमाडौं । अभिनेता दयाहाङको एक साथ दुई चलचित्रको निर्माण सुरु भएको छ । दयाहाङ र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘रँगेली’को इटहरीबाट तीन दिन अघि छायाँकन सुरु भएको छ । उनकै मुख्य भूमिका रहेको अर्को चलचित्र ‘डिग्री माइला ः एमए थर्ड क्लास’ को पनि शनिबार निर्माण घोषणा गरिएको छ । यो चलचित्रको ५ असोजबाट छायाँकन सुरु हुने भएको छ ।

निर्देशक गुरुङले यसै साताबाट ओखलढुङ्गास्थित रुम्जाटारबाट यो चलचित्रको पहिलो चरणको छायाँकन सुरु हुने जानकारी गराए । चलचित्रको दोस्रो चरणको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुङ्गामा हुने पनि उनले बताए ।

रामबाबु गुरुङको निर्देशनमा निर्माण घोषणा गरिएको यो चलचित्रको भाटभटेनी मन्दिरमा शनिबार बिहान क्यामेरा र स्क्रिप्ट पूजा गरेर मुहूर्त गरियो ।

सिनेमाको शुभ–मुहूर्त समारोहमा यो चलचित्रका मुख्य कलाकारहरु दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङसहितले यस अघि नाटकको रुपमा मञ्चन भएको यो सिनेमाको कथा निकै ससक्त भएका कारण आफुहरु अनुबन्धित भएको बताए ।

बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाको कथा शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित पनि कार्यक्रममा जानकारी गराईयो । निर्माण पक्षको अनुसार अगाामी २०८१ को नयाँ वर्षको अबसर पारेर यो चलचित्रको रिलिज गरिने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरमा गठबन्धनले सार्वजनिक ग-यो चुनावी घोषणापत्र