अदालतभित्रै श्रीमानले श्रीमती कुटे

गुल्मी । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका छन् । सोमबार दिउँसो गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका–०३ का हर्दिनेटाका दिपक श्रेष्ठले श्रीमती मनसुवा श्रेष्ठलाई निर्घात कुटपिट गरेका हुन् ।

उनीहरु दुवैजना सम्बन्ध विच्छेदको मुद्धाको पेशीको लागि जिल्ला अदालत आएका थिए । न्यायधिसले आज आदेश वा फैसला गर्ने कार्यतालिका रहेको थियो । तर न्यायधिकहाँ जान नपाउँदै सिँढीमा श्रीमतीलाई निर्घात कुटपिट गरेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए ।

कुटपिटबाट गम्भीर घाइते मनसुवालाई थप उपचारको लागि प्रवास रिफर गरिएको छ भने श्रीमती पिट्ने श्रीमान दिपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अब उनलाई कुन मुद्धा चलाउने भन्ने छलफलपछि मात्रै निचोड निकालिने पन्थीले बताए ।

हर्दिनेटाका दिपक र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्रावेसीकी मनसुवाबीच छ बर्ष पहिले विवाह भएको थियो । श्रीमान–श्रीमतीबीच सम्बन्ध बिग्रिएपछि मनसुवा विगत एक बर्षदेखि माइतीमै बस्दै आएकी थिइन् । उनीहरुको ०८० फागुन १३ गते गुल्मी जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्धा दर्ता भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 303 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवार टुंगाे लगाउन एमालेलाई सकस