सुनकोसी मरिण डाईभसर्न सुरुङ निर्माणको ब्रेक थ्रू

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण सकिएको छ । बुधबार सुनकोशीको कानढुंग्रीमा प्रधानमन्त्री प्रचण्डले सुरुङ ब्रेक थ्रु गरेका हुन । तराईका ५ जिल्लामा सिंचाई पु¥याउने र विद्युत उत्पादन गर्ने लक्ष्य सहित निर्माण गरिएको आयोजनाको सुरुङ निर्माणको काम सकिएको हो । निधारित समय भन्दा ३ महिना २ दिन अघि नै सुरुङ निर्माण सम्पन्न भएको हो ।

औपचारिक रुपमा प्रधानमन्त्री प्रचण्डले स्वीच थिचेर सुरुङको ब्रेक थ्रु गरेका हुन । ब्रेक थ्रु का लागि आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कृषि तथा नगदे बाली उत्पादनमा वृद्धि हुने र अर्थतन्त्रमा सुधार हुने विश्वास व्यक्त गरे ।

समय अगावै सुरुङ निर्माणको काम सकिए जस्तै ड्याम निर्माण र अन्य निर्माण कार्य पनि समयमा सक्नक प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका छन । यस्तै दाहालले खुर्कोट चियावारी सुरुङ मार्ग निर्माणमा समेत सोहि टिविएम मेसिन प्रयोग गरि काम गर्न निर्देशन समेत दिए ।

कार्यक्रममा बोल्दै उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले सुरुङ मार्गले नेपालमा विकासका आयामहरु थपिएको बताए । सुरुङमार्गले नेपालका पुवाधार निर्माणका कामसगैँ आर्थिक विकासको महत्वपूर्ण सूचक पुरा गरेको बस्नेतले दावी गरे ।

सुनकोशी गाँउपालिका ७ कानढुंग्री भन्ने स्थानमा पर्ने सुनकोशी नदीमा ड्याम निर्माण गरि सुनकोशीको पानी मरिण खोला हुँदै ४२ किलोमिटर दुरीमा रहेको बागमती बाँधमा पु¥याई सिंचाई सुविधा बढाउने यस आयोजनाको प्रमुख लक्ष्य रहेको छ । तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको कुल १ लाख २२ हजार हेक्टरमा सिँचाइ पु¥याउने आयोजनाको उद्देश्य हो । हाल बागमती आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिंचाई हुँदै आएको छ ।

सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूसेक पानी मरिण खोलामा खसालिने छ । जहाँ ३१.०७ मेघावाट विद्युत समेत उत्पादन गरिने छ । कमलामाई नगरपालिका वडा नं. २ कुसुमटारबाट २०७९ साल असोज २८ गतेदेखि खन्न सुरु गरिएको सुरुङ चाईना ओभरसिज इन्जिनयरिङ (कोभेक) ले निर्माण गरेको हो । ४९ अर्ब ४२ करोड रुपैंया लागतमा सम्पन्न हुने आयोजनाको सुरुङ निर्माणका लागि कोभेकले ११ अर्ब रुपैंयामा ठेक्का पाएको थियो । यस्तै बाँध तथा विद्युत् गृह निर्माणको काम पटेल रमण जेभिले काम गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दम्भले एमालेलाई घाटा