हिमाल र आरोहणवारे गलत प्रचार नगर्न पर्यटनमन्त्री तामाङको आग्रह

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले हिमाल र आरोहण’bout गलत प्रचार नगर्न आग्रह गरेका छन् । पर्वतारोहण सञ्चालक संघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको यसपालीको हिमाल आरोणकालागि बाटो बनाउने शेर्पाहरु र विभिन्न कीर्तिमानी आरोहीहरुको सम्मान कार्यक्रममा पर्यटनमन्त्री तामाङले यस्तो बताएका हुन् ।

उनले समाजिक सञ्जाल दुरुपयोग गर्दै हिमाल र आरोहण’bout गलत प्रचार भएकोमा गम्भिर आपत्ति जनाउँदै यस्तो गलत प्रचारको प्रयास गर्नेलाई कानुनी कारवाही गर्ने चेतावनी समेत दिए । उनले कसैले पनि हिमाल र आरोहण’bout गलत सूचना प्रवाह गरे कडा कारबाही हुने बताए। मन्त्री तामाङले आरोहीहरुले पर्वतारोहणको क्षेत्रमा गरेको योगदान एकदमै प्रसंशनीय रहेको बताए ।

’पर्यटनका दृष्टिले हिमाल वरदान हो। यो पेशा विदेशी मुद्रा आयआर्जनको मुख्य स्रोत हो । सीप र कला चाहिने भएकाले हिमाली जाति बसोबास गर्ने शेर्पाको यसमा बढी लगाव भएको हो’ मन्त्री तामाङले भने, विश्व तापक्रमका कारण हिमताल फुटने, हिमाल पग्लिने भएकाले चुनौति बढेकोप्रति पनि सरकार सचेत रहेको जानकारी गराउँदै उनले हिमाली बसोबास जोगाउन जरुरी रहेको बताए ।

पर्वतारोहण सञ्चालक संघ नेपालका अध्यक्ष डम्बर पराजुलीले अहिलेसम्म संघका तर्फबाट गर्दै आएको विविध गतिविधीहरु’bout जानकारी गराएका थिए ।

यसैगरी, संघका महासचिव ऋषि भण्डारीले संघले देशको पर्वतीय पर्यटन क्षेत्रको प्रवर्द्धनमा खेल्दै आएको भूमिकाहरु’bout सरकारको ध्यानाकर्षण गराएका थिए। त्यसैगरी, उनले हिमाल आरोहणमा जानेहरुकालागि बाटो बनाउन सहयोग गर्ने एवं कीर्तिमानी शेर्पाहरुको सम्मानमा आयोजित यस कार्यक्रम एकदमै राम्रो र उपलब्धीमुलक भएको बताए ।

सो कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल १४ घण्टा ३१ मिनेटमा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्न सफल फुञ्जो लामासहित तीन जनालाई संघले प्रशंसा प्रमाण– पत्र प्रदान गरेको थियो ।

सेभेन समिट ट्रेकिङ कम्पनीका प्रवन्ध निर्देशक मिङमा शेर्पा लगायत विभिन्न कीर्तिमानी आरोहीहरुलाई सम्मान गरिएको सो कार्यक्रममा संघले पर्यटन क्षेत्रसँग सम्बन्धीत सबै संघसंस्थाका प्रतिनिधीहरु, व्यवसायी एवं सम्बन्धीत सरोकारवालाहरुलाई सहभागी गराएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री तामाङले सम्मानित हुनेहरुलाई प्रसंसा–पत्र प्रदान गरेका थिए ।

सो प्रसंसापत्र पाउने कीर्तिमानी आरोही दावा फिन्जोक शेर्पाले सगरमाथाको आठ दिन १३ घण्टा १९ मिनेटमा तीन पटक सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका थिए। त्यस्तै, फोटो पत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठले एउटै मौसममा तीन पटक सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रविलाई महामन्त्री ढकालको प्रश्न- बोलेका कुरा कहिले पुरा गर्नुहुन्छ ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको नगराइन नगरपालिकामा कांग्रेसका यादव निर्वाचित