जनैपूर्णिमा र गाईजात्रा आजै

ललितपुर । नयाँ जनै फेर्दै र रक्षाबन्धन डोरो नाडीमा बाँध्दै आज (बिहीबार) जनैपूर्णिमा मनाइँदै छ । यस्तै, आजै गाईजात्रा पनि मनाइँदै छ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ ।

यस वर्ष बिहीबार बिहान सूर्योदयमा पूर्णिमा तिथि र त्यसपछि भाद्र शुक्ल परेवा तिथि लाग्ने भएकाले जनैपूर्णिमा र गाईजात्रा एकै दिन मनाउन लागिएको हो । शुक्रबार बिहानैदेखि द्वितीया तिथि लाग्ने भएकाले परेवा तिथिमा मनाउनुपर्ने गाईजात्रा अघिल्लो दिनै मनाउनुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

जनैपूर्णिमालाई रक्षाबन्धन वा ऋषितर्पणी पनि भन्ने गरिन्छ । जनै लगाउने तागाधारीहरूले ऋषिको सम्झना गर्दै विभिन्न जलाशय, खोला, नदी, कुवा तथा धारामा गई गोबर, तुलसीको मोठको माटो, कुश, अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको जनै लगाउने गर्छन् । ‘यज्ञोपवितं परमं पवित्रम्, प्रज्ञापतेर्यत्सहजम् पुरास्तात, आयुष्यार्मग्नम प्रतिमुन्च शुभ्रम, यज्ञोपवितं बलामस्तु तेज’ भन्ने मन्त्र उच्चारण गरी जनै लगाउने गरिन्छ ।

यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु, महेश्वरको पूजा गरी जनै मन्तरेर ( विधीपूर्वक जनैको पुजा आजा गरि मन्त्र उच्चारण गरिने र त्यसका सबै धागोको एक एक पुजा गरिने) त्यसलाई धारण गर्ने प्रचलन छ । ठाउँठाउँमा पुरोहितले विधि पु¥याएर पूजा गरेको जनै र रक्षाबन्धन धारण गराइदिने प्रचलन पनि छ ।

राजधानीको पशुपतिनाथको मन्दिर ’round बिहानैदेखि जनै फेर्न आउने र डोरो बाँध्नेको भीड लाग्ने गर्छ । पुरोहितले आआफ्ना जजमानका घरमा गई डोरो बाँधिदिने चलन पनि छ । कोटेश्वर, त्रिपुरेश्वर, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, कालेश्वर, तिलेश्वर, भक्तपुरको डोलेश्वर तथा विभिन्न जलाशय र पुरोहितका घरघरमा जनै मन्तरिने परम्परा छ ।

पूर्णिमाका दिन कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नी, विश्वामित्र र वशिष्ठलगायतका सप्तऋषिलाई तर्पण दिने गरिएकाले यसलाई ऋषितर्पणी भन्ने गरिएको हो । पूर्णिमाका दिन पुरोहितहरूले यजमानहरूको हातमा पहेंलो धागोको रक्षाबन्धन बाँधिदिने चलन छ । यो धाँगो बाँध्नाले शरीरको रक्षा हुने विश्वास रहिआएको छ । ‘येनबद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वं प्रतिबध्नामी रक्षेमा चल मा चल’ मन्त्र पढ्दै ब्राह्मणहरूले यजमानको नाडीमा रक्षाबन्धन बाँधिदिन्छन् ।

भविष्य पुराणका अनुसार महारानी शचीले वैद्विक मन्त्रद्वारा अभिमन्त्रित एक सूत्र (धागो) आफ्ना पति देवराज इन्द्रको हातमा बाँधेर आफ्ना तमाम शत्रुदेखि श्रावण शुक्ल पूर्णिमाकै दिन अभयदान दिएकीले त्यसकै सम्झना र विश्वासमा स्वर्ण, अक्षता, सस्र्यूं, दुबो, सर्वौषधि आदि पदार्थद्वारा वैदिक मन्त्रोच्चारणका साथ अभिमन्त्रित रक्षाबन्धन बाँध्ने चलन चलेको धार्मिक विश्वास छ । पुरोहितद्वारा रक्षाबन्धन धागो बाँध्दा दैत्यराज बलिको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने परम्परा रहेको छ । सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट रक्षाबन्धन चलेको धार्मिक विश्वास पनि रहेको छ ।

रक्षाबन्धन धागो महिलाहरूको बायाँ नाडीमा र पुरुषहरूको दायाँ नाडीमा बाँध्ने चलन छ । यस दिन बाँधिएको धागोलाई तिहारमा लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ । यसरी डोरो गाईको पुच्छरमा बाँधे, मरेपछि त्यही डोरो समातेर वैतरणी नाघिने कथन छ । यस पर्वमा गोसाइँकुण्ड, मणिचूडदह, पाटनको कुम्भेश्वर आदि धार्मिक स्थलमा मेला लाग्ने गर्छ । जनैपूर्णिमालाई नेवार समुदायले ‘गुंपुन्ही’ वा ‘क्वाँटी नखः’ पनि भन्ने गर्छन् ।

जनैपूर्णिमामा ठुलो केराउ, सानो केराउ, भटमास, गेडा सिमी, बोडी, गेडा मास, गेडा मुङ, चना, मस्याङ्लगायतका नौथरीका गेडागुडी मिसाएको क्वाँटी खाने गरिन्छ । साउन महिनामा मनसुनी झरी परिरहने हुँदा मानिसहरूको स्वास्थ खराब भई चिसो लाग्ने, ज्वरो आउनेजस्ता रोग लाग्ने हुँदा क्वाँटी खाँदा यसले शरीरमा शक्ति बढाई रोगहरूसँग लड्ने क्षमता बढाउँछ भन्ने जनविश्वास छ । पूर्णिमाका दिन नेवार समाजमा भ्यागुतोलाई भात खुवाउने अर्थात् ‘ब्यांजा नकेगु’ भनेर सिमीको पातमा भात, क्वाँटी, मासु, मूला, भ्यागुते फूल आदि राखेर कृषकहरूले आआफ्नो खेतमा र अरूहरूले आफ्नो घरको दैलामा राख्ने चलन छ । विभिन्न प्रकारका स्वरबाट वर्षा र खेतीको काम’bout कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमंगलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले यस दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन रहेको हो ।

‘गुंपुन्ही’को चार दिनअगाडि चाँगुनारायण देउतालाई हनुमानढोकामा लगिन्छ । जनैपूर्णिमाका लागि अब क्वाँटी भिजाउँदा हुन्छ भन्ने सन्देश दिन यसो गरिएको भनाइ छ ।

तराईमा भने पूर्णिमाका दिन दिदी बहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु र सुरक्षाको कामना गर्दै राखी बाँध्ने गर्छन् । पूर्णिमाका दिन भगवान् गौतमबुद्धले आफ्नो काम शक्तिमाथि विजय प्राप्त गरेको प्रसंग बौद्धग्रन्थको ललित विस्तारमा उल्लेख गरिएको छ । यस दिन स्वयम्भूमा पनि ठूलो मेला लाग्छ ।

गाईजात्रा आजै
गाईलाई नगर परिक्रमा गराउँदै र विभिन्न व्यांग्यात्मक प्रदर्शन गर्दै आज (बिहीबार) काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न सहरमा गाईजात्रा पर्व पनि मनाइँदै छ । विशेषगरी, नेवार समुदायले मनाउने गाईजात्रामा गाई या गाईको चित्र अंकित तस्बिर लगाएका मानिसलाई नगर परिक्रमा गराउने चलन छ । गाईलाई नगर घुमाउनाले एक वर्षभरी मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउँछ भन्ने विश्वास छ ।

मरेका मान्छेको घरबाट गाई या गाईको तस्बिर लगाएर हिँड्नेलाई निकालेर नगर घुमाउँदा मृतआत्मा यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने विश्वास छ । व्यांग्यात्मक प्रदर्शन, नाटक प्रदर्शन तथा लाखेनाच पनि गाईजात्राका दिन देखाइने गरिन्छ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाउने गाईजात्रा भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाउने परम्परा छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने पुराणमा उल्लेख छ ।

गाईजात्राका दिन केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुकुन्डो, पेरुंगाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ । नगर परिक्रमा गर्दा उनीहरूले रामायणको करुण रसका गीत र अन्य भजन भजन पनि गाउने गरिन्छ । दिवंगतका परिवारजनले उनीहरूको सम्झनामा क्वाँटी, स्याउ, नास्पाती, काँक्रो आदि बाँध्ने गर्छन् । आफन्तको मृत्यु भएर शोकमा डुबेका परिवारजनलाई हसाउने र मरेका आफन्तको शोक हटाउने चाडका रूपमा पनि यसलाई लिने गरिन्छ ।

आफ्नो घरमा मात्र होइन नगरका अन्य व्यक्तिमा पनि परिवारजन मरेका छन् भन्ने देखाएर चित्त बुझाउने बाटो यस पर्वले दिएको धेरै संस्कृतिविद्ले बताएका छन् । काठमाडौंका तत्कालीन मल्ल राजा प्रताप मल्लले आफ्नो पुत्र वियोगमा शोकमा डुबेकी रानीको मन बहलाउन गाईजात्राको चलन ल्याएको इतिहास छ ।

ललितपुरको पाटनसँगै अन्य सहरमा तथा काठमाडौंको बसन्तपुरसहित अन्य स्थानमा गाईजात्रा मनाइन्छ । यस्तै भक्तपुरमा गाईजात्राको दिन ताहामच्चा र साँचा बनाउनुका साथै घिन्ताङ्घिसी र माँक प्याखँ (बाँदर नाच) देखाउने चलन छ । गाईजात्रा पर्व धुलिखेल, बनेपा, दोलखा, त्रिशूली, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौंडा, लमजुङ, पोखरालगायतका नेवार बस्ती रहेका स्थानमा मनाइन्छ । गाईजात्राका दिन हाँस्यव्यंग्य कलाकारहरूले मुलुकको राजनीति तथा सामाजिक विकृति विसंगतिप्रति व्यंग्य गर्दै मनोरञ्जनात्मक कार्यक्रम गर्दै छन् ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर मेयरमा रेनु दाहाल २३३८ मतले अगाडि