वीरगन्ज । नविनतम कृषि प्रविधि प्रवद्र्धन गर्दै समग्र मुलुकलाई धान्ने गरी मधेश प्रदेशको उत्पादन बढाउने दिशामा मधेश प्रदेश सहकार्यमा जुटेको छ । मधेश प्रदेशको समृद्धिको सम्भाव्यता कृषि क्षेत्र पनि भएकोले यसको प्रवद्र्धनमा सहकार्यात्मक अभिभारा रहेको निष्कर्ष सहित यो क्षेत्रका कृषिसँग सम्बन्धित निकायहरु सहकार्यमा जुटेका हुन् ।
कृषि अनुसन्धान निर्देशनालय (नार्क) मधेश प्रदेश र यो प्रदेशको कृषि मन्त्रालय सहितका राज्यका कृषिसँग सम्बद्ध राख्ने विभिन्न निकाय सहभागी कार्यक्रममा जसरी पनि लक्ष्यमा पुग्ने गरी प्रदेशमा कृषि प्रविधि प्रयोग र उत्पादनलाई बढावा दिने उनीहरुको निष्कर्ष छ ।
कृषिसँग सरोकार राख्ने संघ, प्रदेश र स्थानीय सरकारका सबै संयन्त्र एक भएर अगाडी बढ्न पर्ने मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले पनि औल्याए । एक्ला–एक्लै हिडेर लक्ष्य भेटाउन नसकिने भएकोले सबै पक्षको सहकार्य आवश्यक हुने उनले जोड दिए ।
कुनै एक तहको सरकार वा नार्कको मात्र सकृयताले मधेशले सबै प्रदेशलाई पान्ने गरी अन्न उत्पादन गर्न अलि सक्दैन । यसको लागि नविनतम कृषि प्रविधि प्रवद्र्धन कार्यमा सबै पक्ष एक हुन पर्नेे कृषि अनुसन्धान निर्देशनालय (नार्क) मधेश प्रदेशका प्रमुख तथा वरिष्ठ वैज्ञानिक बिपी यादवले बताए । यही सहकार्यका लागि आगामी शुक्रबार पनि पुनः सहकार्यात्मक छलफल जुट्ने उनले जनाए ।
प्रमाणिकरण नगरिएका बीउको प्रयोग, कम लाभ दिने माछाका भुरा र पशु चौपाया स्याहार्ने काम हितकर नभएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव विनय कुमार कर्णले पनि तर्क गरे । २५ वर्षदेखि पुरानै प्रजातिको बीउ जबरजस्ती प्रयोग गर्ने गरिरहने कृषि क्षेत्रका विज्ञहरुको पनि भनाइ थियो । किसानहरुलाई पनि नयाँ प्रविधिको प्रयोगमा ल्याउन सरोकारवाला सबै निकायको सहकार्य आवश्यक पर्ने सचिव कर्णले जोड दिए ।
बाराको परवानीपुर स्थित कृषि अनुसन्धान निर्देशनालय (नार्क) मधेश प्रदेशमा प्रदेशस्तरीय भेलामा नार्कका बरिष्ठ वैज्ञानिक यादव, पशु तथा मत्स्य विकास निर्देशनालय मधेश प्रदेशका निर्देशक जागेश्वर यादव, कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका सम्बन्धित निकायले सम्पादन गर्दा आउने समस्या र निदानका ’boutमा कार्यपत्र समेत प्रस्तुत गरिएका थिए ।
सो क्रममा मधेश प्रदेशको उत्पादनले यो प्रदेशलाई मात्र नभई समग्र प्रदेशलाई पनि धान्न सक्ने गरी नविनतम कृषि प्रविधि प्रवद्र्धनको सहकार्य अगाडी बढाइनु पर्नेमा सबैको जोड थियो । नयाँ प्रविधिको प्रयोग र उचित मलखादको प्रयोगबाट विदेशमा र्झैं प्रतिहेक्टर १२ सय क्विन्टलसम्म फसल उत्पादन गर्न सकिनेमा विज्ञहरुको सुझाव छ ।
कृषिको प्रचुर सम्भावना बोकेको प्रदेश भएर पनि यो प्रदेशको जमिन परिक्षण, मलखाद र बीउ विजनको प्रयोग तथा नविनतम प्रविधि प्रवद्र्धनमा चुक्दा प्रदेशको उत्पादनले यहि प्रदेशलाई धान्न गाह्रो हुँदै जाने उनीहरुको तर्क थियो ।
मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, सोही मन्त्रालयका सचिव विनय कुमार कर्ण, बारा, पर्साका आधा दर्जन स्थानीय सरकार प्रमुखहरु लगायतको सकृय उपस्थितिका लागि नार्क मधेश प्रदेशले एकै ठाउँमा सहभागी हुने अवसर जुटाएको हो ।
संघीयता पछि जिल्लाका कृषि कार्यालयहरु र नार्क लगायत राज्यका कृषिसँग सम्बन्धित निकायहरु बीचमा नङ र मासुको झैं सम्बन्ध हुनु नसकेको कार्यक्रममा सहभागी विज्ञहरुले औल्याए ।