प्रादेशिक अस्पताल कलैयाको मुहार फेरिदै : उपराष्ट्रपति यादव

बारा । उपराष्ट्रपति राम सहाय यादवले प्रादेशिक अस्पताल कलैयाको मुहार फेरिदै गएको बताएका छन् । बुधबार प्रादेशिक अस्पताल कलैयामा नव निर्मित रक्तसञ्चार केन्द्रको उदघाटन गर्दै प्रादेशिक अस्पताल कलैयाले मुहार फेरेको बताए ।

मधेशको हक अधिकार पुर्तिको लागि प्रादेशिक अस्पताल कलैयाले अहम भुमिका खेलेको बताए । घाइतेहरूको उपचारको लागि आन्दोलनको समयमा दक्ष चिकित्सक टोली नरहेको सम्झना गरे ।

घाइतेहरूको रगतले अस्पतालको प्राङ्गण लतपतिएको समझना रहेको उनले बताए । यही अस्पतालबाट दुई जना शहिदले अन्तिम सास लिएको समझना जिवित नै रहेको यादवले बताए ।

०६२\०६३ को आन्दोलनको समय देखि वर्तमान समयमा अस्पतालले धेरै प्रगति गरेको उनले बताए । अकास्मिक उपचार, गर्भवती, दुर्घटनाको बिरामीको लागि चाहिने अति आवश्यक रगतको लागि एक मात्र रक्तसञ्चार केन्द्र वियगंज धाउनु पर्ने समस्याको अन्त्य भएको उपराष्ट्रपतिले बताए ।

रगतको लागि मधेश प्रदेश कै भार बोकिरहेको विरगंजले पनि केही हद सम्म राहत हुने उनले बताए । नभई नहुने रगतको अभाव पुर्तिको लागि बनाइएको केन्द्र व्यवस्थित गरिव, निमुखा जनता सम्म पुगोस भनेर शुभकामना समेत दिएका थिए ।

पहुचको भरमा सबथोक हुने प्रणालीमा जिल्लाका कोही जनता रगत बिना अनाहकमा ज्यान गुमाउनु नपरोस उपराष्ट्रपति यादवले भने । दातृ निकायले देखाएको मानवता रुपी कार्यको लागि अभारी रहेको उनले बताए ।

शिक्षा, कृषि लगायतको क्षेत्रमा व्यापारीले संवृद्ध बनाएको भए पनि स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन अझ धेरै थोक गर्न बाकी रहेको यादवले बताए ।

रक्तसञ्चार केन्द्र गर्भवती, दुर्घटना, रक्ताल्पता जस्ता बिरामीहरूको लागी आशाको किरण बन्ने विश्वास लिएको उनले बताए ।

स्वास्थ्य वतावरण स्वास्थ्य जिवनको आधार नारा सहित तराई मधेश क्षेत्रमा जलवायु परिवर्तन, वायु प्रदूषण, खानेपानीको गुणस्तर चुनौतीको कारण स्वास्थ्यमा बढी असर गरिरहेको यादवले बताए ।

अत्याधिक गर्मी, शीतलहर समयमा विरामीहरूको लागि आपत्कालीन स्वास्थ्य सेवालाई झन सुदृढ बनाउने विश्वास लिएको उनले बताए । वतावरण संरक्षणको लागि चौतर्फी पहल गर्न अति आवश्यक रहेको यादवले बताए । वृक्षारोपण, स्वास्थ्य खानेपानी लगायत फोहर व्यवस्थापनमा जोड दिन आवश्यक रहेको उनले बताए ।

स्थानीय सरकार, नागरिक समाज, समाजिक संघ संस्था वातावरणीय स्वास्थ्य प्रति सचेतको साथै सहकार्य गर्न आवश्यक रहेको उपराष्ट्रपतिले बताए । नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक एवं पूर्व राष्ट्रिय कार्यक्रम आयुक्त भरत साह कानुको पहलमा छाया नेपालले आर्थिक सहयोग गरेको कलैया ब्लड बैंकको निर्माणमा कलैया उपमहानगरपालिका र प्रादेशिक अस्पताल कलैयाले सहकार्य गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.अजय गुप्ताले बताएका छन् । दक्ष जनशक्ति परिचालन गरि २४ घण्टे सेवा दिने गुप्ताले बताए ।

आफुले आफ्नो कार्यकालमा व्यवस्थित आइसियु देखि लिएर डायलिसिस आज रक्त सञ्चार केन्द्र उदघाटन गराउन पाउनु आफैमा गौरवान्वित महसुस गरिरहेको डाक्टर गुप्ताले बताए ।

अस्पतालको परिसर भित्र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको रक्तसञ्चार केन्द्र प्रयोजनका लागि ८ कोठा सुविधा सम्पन्न शौचालय सहित निर्माण गरिएको छ । कुल लागत एक करोड ८ लाख ४१ हजार ५ सय २३ रुपैया ३२ पैसाको २० प्रतिशत कलैया अस्पतालले व्यहोर्न गरि छाया नेपालका कार्यकारी निर्देशक कमल थापा र अस्पताल विकास समितिक अध्यक्ष प्रकाश चौगाईले संझौता पत्रमा हस्ताक्षर गरेका थिए ।

कलैया अस्पतालमा स्थापना भएको नव निर्मित ‘ब्लड बैंक’ मा उपराष्ट्रपती रामसहाय प्रसाद यादव र संबिधान सभा सदस्य प्रमोद गुप्ताले रक्तदान गरेका थिए ।

रक्तसञ्चार केन्द्रको उदघाटनमा पुर्व मन्त्री ज्वाला साह, किसान श्रेष्ठ, अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाई, लगायत स्थानीय पालिकाका प्रमुख उपप्रमुख, डाक्टर स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन लक्ष्मी खरेलले गरेकी थिइन ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
माझी महिला बनिन् वडाअध्यक्ष