बैतडी सुर्नयाकी किशाेरी ४०दिन देखी बेपत्ता


बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा न.४ की १७ बर्षिया सिर्जना लोहार गत ४०दिन देखी बेपत्ता भएकी छिन् ।

भदौ २३ गतेदेखी गौरापर्वबाट हराएकी लोहार अझै बेपत्ता रहेको उनका बुवा बिरा लोहारले बताए । छोरी बेपत्ता भएकै भोलिपल्ट प्रहरीमा खबर गरेपनि अझै पत्ता नलागेको उनको भनाई छ । रातीको समयमा हराएकी छोरीको खोजीका लागि सबै प्रयास गरेपनि नभेटिएको उनकी आमा जानकी लोहारले बताइन् ।

छोरी केटासंग भागेको भए सम्पर्कमा आउनुपर्ने तर ४० दिन सम्म सम्पर्क नगरेकाले चिन्ता बढेको परिवारको भनाई छ । छोरी हराएकै मिति देखि एकजना गाउँले केटा समेत गाउँमा नभएकाले दुवैजना बिवाह गर्न भागेको आशंका गरिएपनि केटीको बुुवा भने उनिहरुबीच प्रेम रहे नरहेको कुराको कुनै प्रमाण नभएकाले आशंका नरहेको बताउछन् ।

उक्त घटनाका बिषयमा प्रहरीमा जानकारी आएकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीमा निर्वाचन सामग्री बुझेर कर्मचारी मतदानस्थलतर्फ