मदन भण्डारी स्मृति दिवसको अवसरमा वृक्षरोपण

काठमाडौं । मदन भण्डारी स्मृति दिवसमा अवसरमा नेकपा एमाले काठमाडौं महानगर कमिटीले वृक्षरोपण कार्यक्रम आयोजना ग¥यो । कमिटीले वडा नं. १६ को म्हेपी अजिमा मन्दिर परिसर वरिपरि रहेको खाली जग्गामा विभिन्न जातका दुई सय बढी फलफूलका विरुवाहरु रोपेको हो ।

जलवायु परिवर्तनले वायुमण्डलमा पार्दै गइरहेको नकारात्मक प्रभावमा वृक्षरोपणको महत्वलाई प्रकाश पार्दै नेकपा (एमाले) काठमाडौं महानगर कमिटीका अध्यक्ष गणेश श्रेष्ठले तीव्र गतिमा बढ्दै गइरहेको सहरीकरणमा वृक्षरोपणको अहम भूमिका रहेको उल्लेख गरे । एमालेले जलवायु परिवर्तनलाई प्रमुख एजेण्डामा राखेर सहरलाई हरियालीमय बनाउने कार्ययोजना ल्याउन लागेकोे उनले सुनाए ।

जनप्रतिनिधिहरुले आ–आफ्ना पालिकामा हरियाली प्रवद्र्धन गर्ने योजनासहित प्राविधिकको सहयोगमा सरोकारवालाको समन्वय र सहकार्यमा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिए ।

सांसद रघुजी पन्तले नेकपा (एमाले) वातावरण तथा पृथ्वी जोगाउने अभियानमा रहेको र प्रकृतिलाई जोगाउने अभियानमा उपस्थित सबैजनालाई अगुवाको भूमिका खेल्न आग्रह गरे । त्यसैगरि मदन भण्डारी नेपालको कम्युनिष्ट आन्दोलनले देशलाई दिएको बहुमुल्य उपहार भएको सासद पन्तको भनाइ छ ।

काठमाडौं उपत्यका र नदी किनारमा हरियालीसहितको सडक परिकल्पनाको अवधारणा नेता मदन भण्डारीले दोस्रो क्रान्तिपछिको पहिलो संसदमा प्रस्तुत गरेको कुरालाई प्रकाश पार्दै पोलिट व्यूरो सदस्य रामेश्वर फूयालले भने, ‘मन्दिर परिसरमा राजनेता मदन भण्डारीको स्मृतिमा फल, फूल र रुख रोपी मानिस, चराचुरुङ्गी, पुतली र बाँदरका लागि वृक्षरोपण कार्यक्रम गरिएको हो ।’

मदन भण्डारीको तस्वीरमा नेता, कार्यकर्ता तथा सर्वसाधरणले फूलमाला अर्पण गरी कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रमको व्यवस्थापन नेकपा (एमाले) १६ वडा कमिटीले गरेको थियो ।

१६ वडा कमिटीका अध्यक्ष जयप्रकाश श्रेष्ठले आजको वृक्षारोपन कार्यक्रमको व्यबस्थापन मात्र नगरी हरेक महिना रोपिएका विरुवाहरुको हेरचाह गर्ने जिम्मा पनि लिएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंग्याउन ३ दलले बनाए कार्यदल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०

रेनु दाहाललाई ११ हजार बढीको अग्रता